पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा सोमबार पोखरामा बृहत मोटरसाईकल र्याली निकालेको छ ।
पोखराको पृथ्वीचोकबाट शुरु भएको र्याली सभागृहचोक, चिप्लेढुङ्गा, सिद्धार्थचोक, जिरो किलो,हल्लनचोक बैदाम, मिलनचोक, एयरपोर्ट परीक्रमा गर्दै पृथ्वी हाईवे अन्तर्गत अमरसिंह चोक, बिजयपुल, बुढिबजार, अर्घौ, तालचोक हुँदै शिशुवा चोकमा पुगी कोण सभामा परीणत भएको थियो ।
पार्टी पुनर्गठन दिवसको उत्सवमा निकालिएको सो र्यालीमा नेकपा जिन्दावाद , एकीकृत जनक्रान्ति जिन्दावाद , महान सहिद अमर रहुन् , वेपत्ताको खोजी गर , बैज्ञानिक समाजवाद जिन्दावाद , दलाल संसदीय ब्यवस्था खारेज गरौँ जस्ता नाराहरु लगाईएको थियो ।
पार्टीको केन्द्रिय कार्यालयको गत बिहीबार सर्कुलर गरिएको कार्यक्रम अनुसार नेकपा कास्कीले पोखरामा बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको जनाइएको छ । सर्कुलरमा पार्टीका सम्पूर्ण तहलाई सो अवसरमा स्थानीय तहसम्म विभिन्न कार्यक्रम गर्दै मनाउन निर्देशन जारी भएको थियो ।
यस्तै कार्यक्रम अन्तर्गत मंगलबार खेलकुद, अतिरिक्त क्रियाकलाप : कविता, लोकगीत, वक्तृत्वकलालगायत कार्यक्रमहरू आयोजना गरिँदै छ ।
त्यसैगरी मङ्सिर ८ गते बिहान चोकचोकमा पार्टीका झन्डा र पार्टी पुनर्गठन दिवसका ब्यानर टाँगिने र अबिर जात्रा, चियापान, र युवामार्च लगायतका कार्यक्रम तय गरिएको नेकपा कास्कीले जनाएको छ ।
यस्तै साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्नुका साथै उपहार आदानप्रदान गरी पार्टी पुनर्गठन दिवस मनाइने बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






