श्रेष्ठको संयोजकत्वमा युआरएल पत्रकारिता पुरस्कारकालागि छनोट समिति गठन


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित




पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहनेगरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी समिति गठन भएको हो ।

सो समितिले गण्डकी प्रदेशमा कम्तीमा ५ वर्षदेखि पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गर्ने १ जना पत्रकारलाई पुरस्कार प्रदान गर्न निर्णय दिने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । पुरस्कार राशि नगद २० हजार र ताम्रपत्र छ ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलको ८ औं वार्षिकोत्सव मंसिर २३ मा हुने समारोहमा पुरस्कार वितरण गरिनेछ । यो पुरस्कारबाट अहिलेसम्म ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।