टी–२० विश्व कप एसिया छनोटः आज नेपालले भुटानसँग खेल्दै

- दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो। नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गरेको थियो


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७८ मा प्रकाशित



आइसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज (मंगलबार) भुटानसँग खेल्दैछ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। किनकी नेपालले पहिलो खेलमा हार व्यहोरेको छ।

सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो। नेपाललाई हङकङले हराएको थियो। भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो। दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गरेको थियो।

हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन्। कप्तान केरी चनले १७ तथा नताशा माइल्सले १६ रन जोडिन्। इमा लाईले १३ रन जोड्दा शनजिन शहजाद ७ तथा यासमिन दासवानी २ रनमा आउट भए। नेपालका लागि कविता कुँवर, सबनम राई र सीता रानामगरले समान १÷१ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन जोडेको थियो।

नेपालका लागि ओपनर सीता रानामगरले सर्वाधिक ४० रन जोडिन्। ५८ बलको सामना गर्दा सीताले ४ चौका प्रहार गरिन्। उनले नवौं ओभरमा रुचिता भेङकटेसलाई लगातार ३ चौका प्रहार गरिन्।

इन्दु बर्माले अविजित ३१ रन जोडिन्। इन्दुले ३६ बल खेल्दा ३ चौका प्रहार गरिन्। काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन्। उनी क्यारी चनको बलमा मारिको हिलबाट क्याच आउट बनिन्। ओपनर कविता कुँवर पहिलो ओभरको दोस्रो बलमै आउट बनिन्। बेट्टी चनले कवितालाई मारिको हिलबाट क्याच आउट गराएकी थिइन्।

नेपालले ६ ओभरमा १४ रन जोड्दा १ विकेट गुमाएको थियो। बोर्डमा २१ रन हुदा नेपालले दुई विकेट गुमाएपनि सीता र इन्दुको जोडीले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे। हङकङका लागि क्यारी चन र बेट्टी चनले समान १÷१ विकेट हात पारे।

त्यसैगरी तेस्रो खेल बिहिबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने तालिका छ। छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन्। वरीयतामा नेपाली महिला टोली १४ औं स्थानमा छ। त्यस्तै, यूएई १७ औं, हङकङ २५ औं, कुवेत ३४ औं र भुटान ४४ औं स्थानमा छ। छनोटमा विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बन


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।