सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलः विभागीय डर्बीमा आर्मी र पुलिसले बराबरी खेल्यो


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७८ मा प्रकाशित




सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विभागीय डर्बीमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले १/१ गोलको बराबरी खेलेका छन्।

दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलको ५१ औँ मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए।

आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल १/१ गोलको बराबरीमा टुंगियो। खेलमा आर्मीका सेसेहाङ ‘म्यान अफ दि म्याच’ बने।

बराबरीपछि अंक तालिकामा दुवै टोलीको समान १/१ अंक जोडेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।