सहिद स्मारक ‘ए’ डिभिजन फुटबलः साविक विजेता मच्छिन्द्रको जित


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७८ मा प्रकाशित



सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले न्युरोड टिम एनआरटीलाई हराएको छ।

खेलमा मच्छिन्द्रले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

मच्छिन्द्रका लागि फरवार्ड सुनिल बलले २ गोल गरे। एनआरटीका एरिक विष्टले एक गोल फर्काए।

यससँगै यो सिजनको लिगमा सात खेल सकिएका छन् । पहिलो चरण सकिँदा थ्रीस्टार क्लब, ब्रिगेड ब्याइज क्लब, मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्रले आ–आफ्ना खेलमा जित हासिल गरेका छन्। मच्छिन्द्रकै गोलकर्ता सुनिल बल खेलको ‘म्यान अफ दि म्याच’ बने।

यो जितसँगै मच्छिन्द्रले ३ अंक जोडेको छ। मच्छिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ भने एनआरटीले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।