पेड्रीले जिते ‘गोल्डेन ब्वाई अवार्ड’


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७८ मा प्रकाशित



स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार पेड्री गोन्जालेजले ‘गोल्डेन ब्वाई अवार्ड’ जितेका छन्।

युरोपियन क्लब फुटबलमा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै पेड्रीले ‘गोल्डेन ब्वाई अवार्ड’ जितेका हुन् ।

अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे।

स्पेनिस मिडफिल्डर पेड्री २०२० मा बार्सिलोना आएका थिए। उनले गत सिजन बार्सिलोनाका लागि ५३ खेल खेलेका थिए। थाई इन्जुरीको कारण उनले सेप्टेम्बरपछि भने खेलेका छैनन्।

पेड्रीले स्पेनबाट युरोकप खेलेका थिए। यस्तै, ओलम्पिकमा रजत जित्दा उनी स्पेनिस टिममा थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।