नेपाली महिला क्रिकेट टोलीको टी–२० विश्व कप एसिया छनोटमा शानदार जित


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७८ मा प्रकाशित



फाइल तस्बीर

नेपाली महिला क्रिकेट टोलीले आइसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदै शानदार जित निकालेको छ।

दुबईमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्रै २ विकेट गुमाएर भेटायो। नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता रानामगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले ८ रन बनाए।

यसअघि, पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो। बलिङतर्फ नेपालकी सीता रानामगरले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन्। यस्तै करुणा भण्डारीले १ विकेट लिइन्।

पहिलो खेलमा नेपालले सोमबार हङकङसँगको खेल हारेको थियो। छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन्। शीर्ष स्थानमा रहने टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।