कास्की कांग्रेस उपसभापतिमा रंगिला पौडेलको उम्मेदवारी घोषणा


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७८ मा प्रकाशित



पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की जिल्ला उपसभापतिमा रंगीला पौडेल आचार्यले उम्मेदवारी घोषणा गरेकी छन् । हाल जिल्ला सहसचिव रहेकी उनले उपसभापतिमा उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन् ।

उनले अग्रज नेताहरुको सल्लाह, सुझाव , समकालिन साथीहरुको भावनाको कदर र अनुजहरुको इच्चा बमोजिम नेपाली कांग्रेस कास्कीको उपसभापति पदमा आँफूलाई प्रस्तुत गरेको उल्लेख गरेकी छन् । कांग्रेसमा सवल र सक्षम नेतृत्वकालागी आफ्नो उमेद्वारी रहेको उनले बताइन् ।


हालै कास्की क्षेत्र नं २ को महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी पौडेलले विगतमा जस्तै माया र सद्भाव सहित सहयोगका लागी क्षेत्रिय प्रतिनिधीहरुलाई मतदान गर्न लागी आग्रह गरेकी छन् ।


लामो समयदेखि नेपाली काँग्रेसको विभिन्न संगठनमा क्रियाशील छन् ।सामाजिक कार्यसमेत गर्दै आएकी उनले गत वर्ष कोरोना महामारीको बेला विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।