नेपालले आज कुवेतसँग महिला टी–२० विश्व कप एसिया छनोटको खेल खेल्दै


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७८ मा प्रकाशित



फाइल तस्बीर

आइसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दैछ।

नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान ११ः१५ बजे सुरु हुनेछ। यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो।

प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले हारेको थियो। दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको संभावना कायमै राखेको छ।

छनोटअन्तर्गत यूएई लगातार २ खेल जित्दै ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान १÷१ खेल जितेको नेपाल, मलेसिया, हङकङ र भुटानको समान २÷२ अंक छ। नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौँ स्थानमा छन्।

नेपालले शुक्रवार मलेसिया र आइतवार यूएईसँग खेल्नेछ। छनोटको विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।