पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको सरुवा भएको छ । उनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको हो ।

बरालको ठाउँमा बलाराम रिज्याल सरुवा भएर आउने भएका छन् । यस अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट रिज्याल पोखरा महानगर आउने भएका हुन् ।

सरकारले ४९ जना सहसचिवको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार केही दिनअघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।