नेपालले आज टी–२० महिला विश्वकप छनौटमा मलेसियासँग खेल्दै


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७८ मा प्रकाशित




नेपालले आज (शुक्रबार) आइसीसी महिला टी– २० विश्वकप एशिया क्षेत्र छनौटमा मलेसियासँग खेल्दैछ।

आजको खेलमा पनि नेपालले रनरेटलाई माथिल्लो स्तरमा कायम राख्न मलेसियामाथि गतिलो जीत निकाल्न आवश्यक छ। नेपालले छनौट चरणको अन्तिम खेल भने बलियो टिम युएईसँग आइतबार खेल्नेछ।

हिँजो (बिहीबार) सम्पन्न खेलमा नेपालले कुवेतलाई ९ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले सबै विकेट गुमाएर २७ रन बनाएको थियो।

नेपालले भने १ विकेट गुमाएर ९९ बल बाँकी रहँदै सो लक्ष्य भेट्टाएको थियो। नेपालका तर्फबाट संगीता राईले ३ विकेट, रुबिना क्षेत्री र करुणा भण्डारीले २/२ विकेट र सरस्वती कुमारीले १ विकेट लिइन्।

ब्याटिङतर्फ इन्दु बर्माले १३ र रुबिना क्षेत्रीले १२ रन बनाइन्। यो जितसँगै नेपाल ३ मध्ये २ खेलमा जीत निकाल्दै ४ अंकसहित हङकङसँग बराबरीमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।