एभरेस्ट एफएमले भोलि रक्तदान कार्यक्रम गर्दै, तयारी पूरा


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७८ मा प्रकाशित




एभरेस्ट एफएमले भोलि रक्तदान कार्यक्रम आयोजना गर्दैछ । रेडियोले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम गर्न लागेको हो । बार्षिकोत्सबको अवसरमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रमको तयारी पूरा भएको छ । शनिबार हुने गते रक्तदान कार्यक्रमको आवश्यक तयारी पुरा भएको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
मंसिर महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने र आफूहरुको वार्षिकोत्सव पनि पर्ने भएकाले संस्थैगत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागिताका लागि उनले सम्पूर्णमा अनुरोध गरे ।
कार्यक्रम एभरेस्ट एफएमको कार्यालय पोखरा–५ पस्र्याङमा शनिबार बिहान ७ बजेबाट शुरु हुने रेडियोले जनाएको छ ।
रक्तदान कार्यक्रममा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् ।
रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।
यसका साथै रगतको विकल्प रगत मात्र भएकाले संकटमा परेकाहरुको जीवन बचाई खुशी दिलाउने र सामाजिक दायित्व निर्वाह गराई आत्म सन्तुष्टि प्रदान गर्नपनि रक्तदानको महत्व रहेको बताइन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।