पोखरा—४ वाईसिएल अध्यक्षमा नाल्मी


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७८ मा प्रकाशित




नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) पोखरा महानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा विवेक नाल्मी चयन भएका छन् । वाईसिएल पोखरा—४ को शुक्रबार भएको भेलाले नाल्मीको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।

समितिको सचिवमा आशिष साई र कोषाध्यक्षमा सोजित साई चयन भएका छन् । समितिको सदस्यहरुमा सन्तोष विश्वकर्मा, रविन खड्का, किसम सेञ्चुरी, रुपेश साई, दीपेन्द्र नाल्मी, रामकिशोर नेपाली, विशला गुरुङ, विम्लेश नाल्मी, अनिश साई, अभिषेक साई, सुनिल महर्जन, कमल सुनार, श्याम विक र राजाराम श्रेष्ठ चयन भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।