पोखरा । मंसिर अन्तिम साता उल्लेरी कप पोखरा २२ सेभेन ए साइड फुटबल प्रतियोगिता २०७८ हुने भएको छ ।
उल्लेरी युवा क्लबको आयोजनामा यही मंसिर २२ गतेदेखि २५ गतेसम्म हुने पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको क्लबले आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
प्रतियोगिता पोखरा २२ उल्लेरीस्थित ब्याडचौरमा आयोजना प्रतियोगितामा कास्की लगायत छिमेकी जिल्लाका गरि २२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक याम गुरुङ (बुद्धिमान)ले जानकारी दिए ।
४ दिनसम्म सञ्चालन हुने प्रतियोतामा बिजेतालाई नगद ५० हजार ,शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबले जनाएको छ । यस्तै उपविजेताले नगद २५ हजार र तेस्रो हुनेले १० हजार नगद साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र गोलकीपरलाई ट्रफी तथा खेलकुद सामाग्री पुरस्कार स्वरुप प्रदान गर्ने आयोजक क्लबका सचिव सुजन पौडेलले बताए ।
राष्ट्रको फुटबल खेलको विकास, खेलाडीको स्तर वृद्धि तथा आपसमा भाइचारा सम्बन्ध बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको क्लबले जनाएको छ । साथै प्रतियोगिताले कोरोना महामारीका कारण लामो समयसम्म थलिएको ग्रामिण पर्यटनसंगै समग्र पोखरोको पर्यटन क्षेत्र प्रर्वद्धनमा पनि टेवा पुग्ने क्लवको विश्वास रहेको क्लवका अध्यक्ष जीवन गुरुङले दावी गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







