नेपाली काँग्रेस कास्कीको सभापतिका कुनैपनि उमेद्वारले बहुमत नल्याएपछि सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिका लागि खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने बाध्यकारी प्रावधान भएपनि कास्की कांग्रेसका सभापतिका कुनैपनि उमेद्वारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि पपुलर मत ल्याउने दुई जनाबीच प्रतिष्पर्धा हुन लागेको हो ।
नेपाली कांग्रेस कास्कीको सभापतिका लागि उमेद्वारी दिएका ५ जना मध्ये किशोरदत्त बराल र सुदीपमोहन भट्टराईले पपुलर मत ल्याएका छन् । बरालले ६४४ मत र भट्टराईले ४७२ मत ल्याउँदै पपुलर मत प्राप्त गरे । अब सभापतिका लागि उनीहरुबीच प्रतिष्पर्धा हुनेछ ।
सभापतिका लागि आज पुनः मतदान हुनेछ । आज पूर्वाह्न १० बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान पोखरा प्रदर्शनी केन्द्रमै हुनेछ । आज हुने मतदानमा जसले धेरै मत प्राप्त गर्छ उहि सभापतिमा निर्वाचित हुनेछन् ।
यसअघी शुक्रबार भएको निर्वाचनमा सभापतिका उमेद्वारहरु मध्ये आइबहादुर गुरुङले ४६२ मत, पोषनाथ शर्माले ३३५ मत र गिरीराज गौतमले ६३ मत प्राप्त गरे ।
सभापतिको परिणाम आएपछि मात्रै अन्य पदको मतगणना गर्ने तयारी निर्वाचन समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







