विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा एक पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा प्रहरीले पोखराबाट ठूलो मात्रामा अमेरिकी डलर सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले मुस्ताङको लो –घेकर दामोदरकुण्ड गाउँपालिका –१ स्थाई घरभई पोखरा –९ शिवालयचोक बस्ने छिरिङ डुन्डु गुरुङ ४२ लाई अमेरिकी डलर १ लाख ९४ हजार २ सय सहित नियन्त्रणमा लिएको हो ।

शुक्रबार विदेशी अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौंडा र इलाका प्रहरी कार्यालय हंशपुरको संयुक्त टोलीले पोखरा –३३ बाट गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकरी दिए ।

काठमाण्डौंबाट पोखरातर्फ आउँदै गरेका गुरुङलाई सवारीचेक जाँचका क्रममा पक्राउ परेका हुन् । उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।