गीता शान्तिमार्ग महिला समूहमा सुवेदी


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा १० रामघाट स्थित गिताशान्ति मार्ग महिला समूहको अध्यक्षमा शान्ति सुवेदी चयन भएकी छन् ।


समुहको शनिबार सम्पन्न दशौं साधारणसभा तथा पाचांै अधिवेसनले सुवेदीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समुहको उपाध्यक्षमा मञ्जु भण्डारी, सचिवमा सबिता गिरी , सहसचिवबमा मन्धरा गौतम कोषाध्यक्षमा शान्ता आचार्य गौतम, सहकोषाध्यक्षमा बिन्दा के.सी सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा तीला सुवेदी, दुर्गादेवी गौतम, सुभद्रा भुजेल ,देवी गिरी , ईन्दु गौतम सीता पौडेल पाण्डे, गीता पौडेल , सुजता गौतम र बिजया गुरुङ चयन भएको निर्वाचन संयोजक निर्मला कार्की भण्डारीले जानकारी दिइन् ।

निर्वाचन समितिमा भण्डारीको संयोजकत्वमा नानीमाया गौतम, पुन्यवती पौडेल र म माया दुवाडी सदस्य रहेका थिए । समितिको कार्यकाल २ वर्ष रहने जनाइएको छ ।

यसअघि, संस्थाकी संस्थापक अध्यक्ष निर्मला कार्की भण्डारीले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । साथै उनले निवर्तमान कार्यसमितिका विभिन्न उपसमितिमा रहेर संस्थालाई योगदान दिने कार्यक्रम संयोजकहरुलाई सम्मान गरिन् ।

साधरणसभाले सचिव मञ्जु भण्डारी, कोषाध्यक्ष मन्धरा गौतमको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाका अध्यक्ष ईशु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शान्ति सुवेलीले र सञ्चालन सचिव मञ्जु भण्डारीले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।