कास्की काँग्रेसको सभापतिमा किशोरदत्त बराल विजयी बनेका छन्।
विजयी बरालले शनिबार भएको पुनः मतदानमार्फत ९ सय ९५ मत ल्याए। शनिबार भएको मतदानमा १ हजार ९ सय ३२ मत खसेको थियो। जसमध्ये उनले सभापतिका प्रत्यासी सुदीपमोहन भट्टराईलाई ८० मतले पराजित गरेका हुन्।
पहिलो चरणमा प्रतिस्पर्धा गरेका ५ जनामध्ये कुनै उम्मेदवारको पनि ५१ प्रतिशत मत नकटेपछि शीर्ष स्थानको मत ल्याउने बराल र भट्टराईबीच शनिबार पुनः मतदान भएको थियो।
यसअघि, शुक्रबार भएको पहिलो मतदानामा २ हजार २५ मत खसेकोमा बरालले ६ सय ४४ र भट्टराईले ४ सय ७२ मत प्राप्त गरेका थिए।
कास्की काँग्रेसको सभापतिका लागि बराल र भट्टराईसँगै आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतमले उम्मेदवारी दिएका थिए। गुरुङलाई ४ सय ६२, शर्मालाई ३ सय ३५ र गौतमलाई ६३ मत परेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







