पोखरा, मंसिर १३
नेपाली कांग्रेस कास्कीको उपसभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी चयन भएका छन् । कांग्रेस कास्कीको आईतबार राती सम्पन्न अधिवेशनले कुँवर र भण्डारीलाई उपसभापतिमा निर्वाचित गरेको हो ।
कांग्रेस कास्कीका सचिवमा भानुभक्त ढकाल र देवेन्द्र भाट निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा नवीन सिग्देल र शंकर ढुंगाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस कास्कीको सदस्यहरुमा महिला कोटाबाट बिजयालक्ष्मी कोइराला, सीता शर्मा र विष्णु कार्की निर्विरोध भइसकेका छन् ।
त्यस्तै, चार खुल्ला सदस्यहरुमा डा.दीपक सुवेदी, माइकल कर्माचार्य, युवक लामिछाने (युवराज) र विश्वशंकर पालिखे निर्वाचित भएका छन् ।
अन्य सदस्यतर्फ रुपा गाउँपालिकाबाट दक्षिणा सुवेदी, खुल्ला एक सदस्यतर्फ खेमबहादुर गुरुङ, सदस्यमा धनमाया गुरुङ चयन भएका छन् । खुल्ला एक सदस्यमा ऋषिराम सुवेदी निर्वाचित भएका छन् ।
अन्नपूर्ण गाउँपालिकातर्फ महिलामा देवी गुरुङ (निर्विरोध), विष्णु अधिकारी (खुल्ला) माछापुच्छ«े गाउँपालिकातर्फ लक्ष्मी लम्साल (महिला), सुदीप गौतम (खुल्ला) निर्वाचित भएका छन् ।
खस आर्य महिलातर्फ ज्योति कोइराला र तारा बराल निर्विरोध निर्वाचित भइसकेका छन् । भने खुल्ला सदस्य तर्फ रामप्रसाद गौतम र गणेश बस्नेत निर्वाचित भएका छन् । आदिवासी जनजातिको महिलातर्फ तारादेवी गुरुङ र चन्द्रमाया गुरुङ, खुल्ला सदस्यमा चौबहादुर गुरुङ र मानेन्द्र कुमाल तथा दलिततर्फ मीनाकुमारी परियार चयन भएका छन् ।
कांग्रेस कास्कीको दलित खुल्ला सदस्यमा मनबहादुर लाम्गादे, अपाङ्गतर्फ अर्पण कोइराला, मुश्लिम, थारुतर्फ कासिरन मिया, अपाङ्ग महाधिवेशन प्रतिनिधितर्फ ईशा बराल र प्रदेश प्रतिनिधिमा अपाङ्ग तर्फबाट भीमप्रसाद पौडेल चयन भएका छन् ।
यअसघी कांग्रेस कास्कीका सभापतिमा किशोरदत्त बराल निर्वाचित भइसकेका छन् । उनी अर्का प्रतिष्पर्धी सुदीपमोहन भट्टराईलाई ८० मतान्तरले पराजित गर्दै सभापतिमा बिजयी भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







