शुक्रराज शर्माद्वारा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७८ मा प्रकाशित




नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि कास्कीका शुक्रराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । शर्माले सोमबार एक कार्यक्रम आयोजना गरी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

शर्मा कास्कीका पूर्व सभापति हुन् । उनले १७ वर्ष कास्कीको नेतृत्व गरिसकेका छन् । २०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षका भए ।

यसअघी रामचन्द्र पौडेल पक्षीय भनेर चिनिने शर्मा हालैमात्र देउवा गुटमा प्रवेश गरेका छन् । यद्यपी उनले सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।