ने.का.नेतृ टिका गुरुड.सुपुत्रद्वारा जन्म दिनको अवसरमा न्यानो कपडा बितरण


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७८ मा प्रकाशित





पोखरा । समाजसेवी तथा ने.का.कि नेतृ टिकाकुमारी गुरुड.का ज्येष्ठ सुपुत्र रबि थापाले जन्म दिनको अवसर पारि न्यानो कपडा बितरण गरेका छन् । थापाले सोमबार परेको १० औं जन्म दिनको अवसरमा सत्य साई बाल सेवा आश्रम रावीपौवामा आश्रित १० बालकलाई न्यानो कपडा ट्र्याक सुट बितरण गरेका हुन् ।
मुनेश थापा तथा टिकाकुमारी गुरुड.का ज्येष्ठ सुपुत्र रबि हिमान्चल बोर्डिड. स्कूलमा कक्षा ४ मा अध्ययनरत छन् । सानैदेखि आफ्नो बच्चालाई सामाजिक र परोपकारि कार्यप्रति लगाव बढाउन जन्म दिनको अवसर पारि गरिब तथा असहाय बालकहरुलाई न्यानो कपडा बितरणमा सरिक गराएको नेतृ गुरुड.ले बताएकि छिन् । जन्म दिनको अवसरमा कपडा बितरण गर्दा आनन्द लागेको बताउदै रबिले आगामि दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।
सत्य साई केन्द्रीय ट्रस्टद्वारा संचालित आश्रम रानीपौवामा अवश्थित छ । मानब सेवा नै माधब सेवा हो भन्ने साई बाबाको मूलमन्त्रलाई आत्मसात् गरि बि.सं. २०७३ सालमा यस आश्रमको स्थापना गरिएको बताइन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।