काँग्रेसको प्रदेश अधिवेशन २ दिन पछि धकेलियो


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०७८ मा प्रकाशित




नेपाली कांग्रेसको प्रदेश अधिवेशन २ दिन पछि सरेको छ ।

यसअघि, मंसिर १५ गते उम्मेदवारी दर्ता गरी १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो।

कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले प्रदेश अधिवेशन २ दिनपछि सार्ने निर्णय गरेको हो। काँग्रेसको शीर्ष नेताबीचको छलफलले मंसीरको १८ र १९ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १९ क्षेत्रमा बाँकी रहेको र कतिपय जिल्लामा जिल्ला अधिवेशन नै बाँकी रहेकोले तयारी नपुगेको भन्दै प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।