साङ्केतिक तस्विर
पोखरा । मंगलबार साँझ बाग्लुङको काठेखोलामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।
दुर्घटनामा बाग्लुङ–७ सिमका वर्ष ४५ का श्याम शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहुँबाट बाग्लुङ बजारतर्फ आउँदै गरेको बा १८ च ५६७७ नम्वरको जीप मध्यपहाडी लोक मार्गस्थित काठेखोला गाउँपालिका –१ खहरेमा अनियन्त्रीत भई सडकदेखी अन्दाजी ८ मिटर तल खस्दा दुर्घटना भएको हो ।
घाईतेहरुलाई उपचारका लागि धौलागिरी अस्पताल बाग्लुङ पठाइएको र घटनाका विषयमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







