फाइल तस्बीर
गण्डकी प्रदेश लगायत आज (बिहीबार) देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली जिल्लामा भारी हिमपात हुन सक्ने जनाएको हो।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी लगायत सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको संभावना छ।
यस्तै, यी प्रदेशका हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुनेछ। यस्तै, राति पनि वर्षा र हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।
भोलि पनि मौसम यस्तै रहने महाशाखाले बताएको छ। पर्सिदेखि भने मौसम केही खुल्ने अनुमान गरिएको छ। पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर बन्दै जाने भएकाले पर्सि मौसम केही खुल्ने अनुमान गरिएको छ।
यस्तै, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान मौसमविद्को सुझाव छ। यदि जानै परे मौसमबारे जानकारी लिन उनीहरुको आग्रह छ। यस्तै, वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि मौसमविद्को विशेष आग्रह छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







