पोखरा । पोखराका पत्रकार उदय बहादुर अमात्यलाई ज्ञानज्योति–लक्ष्मी प्रभा स्मृती पत्रकारीता पुरस्कार प्रदान गरिएको छ ।
नेवा: पत्रकार राष्ट्रिय दवुको नवौं साधरण सभाका अवसरमा शनिबार काठमाण्डौं आयोजित एक कार्यक्रमका विच उनलाई पत्रकारीता मार्फत पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको हो ।
अमात्यलाई कार्यक्रमका प्रमुख अतिथि सङ्घिय मामिला तथा सामान्य प्रसासन मन्त्री राजेन्द्र श्रेष्ठले सम्मानपत्र, दोसल्लाद्वारा पुरस्कृत गरे ।
गण्डकी प्रदेशको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखराया भिन्तुनाका प्रकाशक तथा प्रधानसम्पादक समेत रहेका अमात्यले उक्त पुरस्कारले पत्रकारीता क्षेत्रमा लाग्न अझ प्रेरणा मिलेको प्रतिक्रिया दिए । उनले पत्रकारीताका माध्यम मार्फत समाज रुपान्तरणका काममा अझ अग्रसर भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
नेवाः पत्रकार राष्ट्रिय दवुका अध्यक्ष सुरजबिर बज्रचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारीता मार्फत समाजमा विशिष्ट योगदान गरेका अरु पत्रकारहरुलाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







