राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, कमल थापाले दिए बधाई


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०७८ मा प्रकाशित




राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।

लिङ्देनले कमल थापालाई २ सय २७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

लिङ्देनले १ हजार ८ सय ४४ मत ल्याउँदा पराजित थापाले १ हजार ६ सय १७ मत ल्याएका छन्। ४ सय ३१ मत बदर भएको थियो। राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८ सय ७३ मत खसेको थियो ।

मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन्।

थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।