नेपाली काँग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्।
हालै सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार शर्माले प्रत्यासी अर्जुनकुमार जोशीलाई ८४ मतले पछि पार्दै निर्वाचित भएका हुन्।
शर्माले ६ सय १२ मत ल्याएर काँग्रेसको गण्डकी प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। त्यस्तै, जोशीले ५ सय २८ मत ल्याए।
पदाधिकारिमा मेखलाल श्रेष्ठबाहेक सबै पौडेल र कोइराला प्यानलका विजयी भएका छन्।
उपसभापतिमा मेखलाल श्रेष्ठ र कल्पना तिवारी विजयी बनेका छन्। तिवारीले ६ सय २४ मतसहित विजयी बनिन् भने श्रेष्ठले ५ सय ५४ मतसहित विजयी बने।
उपसभापतिको प्रत्यासीमध्ये हरिप्रसाद श्रेष्ठले ५ सय ४८ र नेत्रबहादुर महतले ४ सय ५७ मत ल्याए।
प्रदेश महामन्त्रीमा किरणबाबु श्रेष्ठ र बिष्णुप्रसाद लामिछाने विजयी बनेका छन्। श्रेष्ठले ५ सय ७३ र लामिछानेले ५ सय ६४ मतसहित विजयी बनेका हुन्। महामन्त्रीका प्रत्यासीहरु कुमार खड्काले ५ सय ५६ र ईश्वर पाण्डेले ४ सय ७३ मत ल्याए।
त्यस्तै, सहमहामन्त्री महिलामा कोपिला रानाभाट निर्वाचित भएकी छन्। कोपिलाले ५ सय ९२ मत ल्याउँदा प्रत्यासी ओमकला गौतमले ५ सय १४ मत ल्याइन्।
त्यस्तै, सहमहामन्त्री खुल्लामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी बनेका छन्। पाण्डेले ६ सय ५ र जोशीले ५ सय ७० मत ल्याएर विजयी बनेका हुन्। सहमहामन्त्री खुल्लाका अन्य प्रत्यासीहरु झुलबहादुर आलेले ४ सय ८८, रानजराज पन्तले ४ सय ३१ र युवराज बस्ताकोटीले ९२ मत ल्याए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







