आफैले बोकेको बन्दुक पड्केर एक जनाको मृत्यू भएको छ । आफैले बोकेको बन्दुक पड्केर लाग्दा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर १ थप्रेकस्थित ओखल्दीका १७ वर्षिय रोहित मल्लको आईतबार मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार रोहित र उनका छिमेकी ४७ वर्षिय सुनबहादुर गुरुङ घरदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको तुरतुरे पाखामा शिकार खेल्न गएका थिए ।
शिकार खेल्न जाँदै गर्दा आईतबार साँझ करीब ७ः३० बजेको समयमा अचानक आफैले बोकेको सिलिङसहितको एकनाले भरुवा बन्दुक पड्केर रोहितलाई लागेको थियो । बन्दुक पड्केर लागेका रोहित घाईते भएपछि उनलाई तत्कालै उद्धार गरेर स्थानिय थप्रेक स्वास्थ्यचौकीमा लगेपनि उनको उपचारको क्रममा मृत्यू भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
प्रहरीले रोहितसँगै शिकार खेल्न गएका सुनबहादुर गुरुङलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







