पहारीद्वारा बुवा आमाको नाममा अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७८ मा प्रकाशित




पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी श्री कृष्ण पहारी र उनकी धर्म पत्नी सरु पहारीले आफ्ना बुवा रामजीप्रसाद पहारी र आमा देवी पहारीको नाममा अक्षय कोष स्थापना गरेका छन ।

आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीहरुको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ पोखरा ६ बैदाम निवासी पहारी दम्पतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको कोष स्थापना गरेका हुन् । पहारीले आइतबार एक कार्यक्रमको आयोजना गरी बुवा रामजीप्रसाद पहारी र आमा देवी पहारीले चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण न्यौपाने र विद्यालयका प्रधानध्यापक ताराप्रसाद पोखरेललाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अक्षय कोष दाता पहारीले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने पाउँदा खुशि लागेको बताए ।

उक्त अवसरमा श्री कृष्णका बुवा पहारी ले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छौं’, उनले भने, ‘आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगेमात्र कोषको सार्थकता पूरा हुने बताए । विद्यालय प्रधानध्यापक तारा प्रसाद पोखरेलले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पु¥याउने प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।