१२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप लगाउने तयारी गरिएको छ।
कोभ्याक्स सुविधामार्फत गत साता १ लाख ८८ हजार डोज मोडर्ना खोप आएको थियो। त्यसलाई १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार एक साताभित्रै बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ। पहिलो चरणमा हिमाली क्षेत्रका जिल्लामा लगाइने जनाइएको छ।
यो खोप हरेक विद्यालयमै गएर लगाइनेछ। कुन कुन विद्यालयमा लगाउने भन्ने तय हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ। एक साताभित्र नै खोप लगाउने तयारी गरिएको हो। कहिलेदेखि लगाउने भन्ने छिट्टै तय गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो खोप एक महिनासम्म लगाउदा माइनस २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्छ। त्योभन्दा बढी समय भण्डारण गर्नका लागि भने माइनस २५ डिग्री सेल्सियस तापक्रम चाहिन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स…







