पोखरा २० मौजामा बृहत निशुल्क स्वास्थ्य शिविर हुँदै


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित




Camp

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैर्हापाटनको संयुक्त आयोजनामा आगामि मंसिरको २४ र २५ गते बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतनामुलक कार्यक्रमको आयोजना गर्न लागिएको पोखरा २० का वडा अध्यक्ष सिम बहादुर गुरुङले जानकारि दिए ।


साविकको भलाम र मौजा गाविसमा रहेका विपन्न परिवारलाई लक्षित गरि उक्त शिविरको आयोजना गरिएको भएतापनि शिविरमा मौजा संग जोडिएको मादि गाउपालिकाका गाउहरु र पोखरा महानगर पालिका वडा नम्बर १३ र १६ का जनताले समेत सेवा लिन पाउने अध्यक्ष गुरुङले बताए ।


उक्त शिविरमा स्वास्थ्य परीक्षण, सामान्य चेकजांच, प्रसुति रोगको परीक्षण र उपचार, हाडजोर्नी तथा छालाको उपचार, नाक, कान, घाँटी, दन्त परिक्षण, युरोलोजी तथा जनरल सर्जरी , सामान्य ल्याव परिक्षण (पिसाव आर ई) (रगत सुगर) भिडियो एक्सरे, इसिजि तथा निशुल्क औषधि वितरण साथै दीर्घ रोगको पहिचानका साथै अडियोको माध्यामबाट स्वास्थ्य सम्वन्धी सचेतनामुलक सामाग्रीहरु प्रसारण गरिने आयोजकले जनाएको छ ।


उक्त शिविरमा वडा नम्वर २० मा रहेको ५ सय जनालाई उपचार संगै औषधी वितरण गर्ने लक्ष्य रहेको नेलम्वो नेपाल पोखराका अध्यक्ष एकदेव देवकोटाले जानकारि दिए । उक्त शिविरमा शल्यक्रिया गर्नुपर्ने विरामिलाई समेत पोखरा लगेर समेत उपचार गरिने नेलम्बोले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।