गैंडाको आक्रमणबाट एकको मृत्यू


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित




गैंडाको आक्रमणबाट एक जनाको मृत्यू भएको छ । गैंडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नम्बर १५ शेरगञ्जका ६५ वर्षिय रेशमलाल महतोको मृत्यू भएको हो ।

घर नजिकै रहेको चौरमा बसिरहेका उनलाई गैंडाले पछाडिबाट अचानक आक्रमण गर्दा घाईते भएका थिए । उनलाई तत्कालै उद्धार गरेर मध्यविन्दु जिल्ला अस्पताल लगिएपनि उपचारको क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।