पोखरा । बिहीबार गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या भण्डै तेब्बरले बढेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २२ जना संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र गण्डकीले जनाएको छ ।
यो संगै हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ८८ हजार ८८ पुगेको छ । ती मध्य ८६ हजार ४८१ जना संक्रमणमुक्त भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोभिड १९ सम्बन्धी अध्यावधिक विवरण सार्वजनिक गर्दै जनाएको हो ।
निर्देशनालयका अनुसार ७९ जनामा गरिएको परीक्षणमा कास्कीमा ४ जना, पर्वत र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा २–२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सं्रमित मध्य ४ जना पुरुष र ४ जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए ।
अब प्रदेशमा होम आइसोलेसनमा १५९ सहित १८५ जना कोरोनाका सक्रिय संक्रमित छन् । भने हालसम्म सम्म कोरोना संक्रमणका कारण १ हजार ४२२ जनाले ज्यान गुमाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स…







