पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज (शुक्रबार) बिहान १० बजे गर्ने जनाएको छ।
समितिका अनुसार मनोनयन दर्ता २५ गते, भोलि (शनिबार) बिहान १० देखि साँझ ५ बजेसम्म, दाबी विरोध र जाँचबुझ २५ गते, भोलि (शुक्रबार) र साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय हुने मंसीर २५ गते (शनिबार) साँझ ७ देखि ८ बजेसम्म हुनेछ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन २५ गते राति ८ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते (आइतबार) बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते (आइतबार) दिउँसो १२ः१५ बजे हुने कार्यतालिका छ। मतदान भने २७ गते (सोमबार) बिहान ८ बजेदेखि हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







