पोखरामा ट्रक पल्टिदा २ को मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशको राजधानी पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ बिजयपुरमा ट्रक दुर्घटना हुँदा ट्रकका चालक र सहचालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बिरगञ्जबाट फलामे रड लिएर पोखरातर्फ आउँदै गरेको लु.२ ख. २९४८ नम्बरको ट्रक आज विहान करीब ४ः३० बजे आफैं अनियन्त्रित भई नालीमा पल्टिएको प्रहरीको भनाई छ ।

ट्रक पल्टिएर गम्भीर घाईते भएका उनीहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएपनि उनीहरुको उपचारका क्रममा आज विहान ५ः५५ बजे मृत्यु भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए । मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षिय भीमबहादुर तामाङ र नाम÷ठेगाना नखुलेका अन्दाजी ४०÷४५ वर्षको जस्तो देखिने अर्का एक पुरुषको मृत्यु भएको उनले बताए ।

दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेर ५५ मिनेटमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ । परिवारको जाहेरी लिएर पोष्टमार्टम पश्चात आफन्तलाई शव बुझाईने डिएसपी तिवारीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।