भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित




नयाँदिल्ली । भारतमा हिजो बिहीबार आठ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । हिजो देखिएको यस सङ्क्रमितहरुमा चार हजार १६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ । यसैसँगै कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ७४ हजार ७४४ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा अझै पनि ९४ हजार ९४३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । भारतमा हाल देखिएको सक्रिय सङ्क्रमित १ प्रतिशत भन्दा कम रहेको जनाइएको छ । हाल रहेका सक्रिय सङ्क्रमति कूल सङ्क्रमतिको ०.२९ प्रतिशत मात्र रहेका जनाइएको छ । बिहीबार कोरोना सङ्क्रमणबाट ६२४ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार ७३५ पुगेको छ । गएको २४ घण्टामा भारतमा सात हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन् ।

यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५ हजार ६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ३२ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३१ करोड १८ लाख डोज खोप लगाइएको जनाइएको छ । (रासस-सिन्ह्वा)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।