नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज (शनिबार) बस्दै छ।
अध्यक्ष केपी शर्मा ओलीले आज र भोली (आइतबार)का लागि बैठक बोलाएका हुन्।
जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
पार्टीको १० औं महाधिवेशन चितवनमा सम्पन्न भएपछिको केन्द्रीय समितिको यो दोस्रो बैठक हो। चितवनमा महाधिवेशन सकिएलगत्तै केन्द्रीय कमिटीको पहिलो बैठक मंसिर १४ गते बसेको थियो।
आजदेखि सुरु केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जनाइएको छ। बैठकमा बाँकी मनोनित हुने १० प्रतिशत अर्थात ३१ जना केन्द्रीय सदस्यहरुको सपथ ग्रहण हुने कार्यसूची छ।
यसको अलावा महाधिवेशनको समीक्षा, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने बैठकको कार्यसूची छ। एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने छ।
एमालेको माहाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन। आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने छ। विधान सम्पादन र नियमावली संशोधन, बैठक संचालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूचीमा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







