नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत प्रधानमन्त्री तथा पार्टीका सभापतिसमेत रहेका शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएकी छिन्।
उनले नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा खुल्ला महिलाको तर्फबाट उम्मेदवारी दिने भएकी हुन्।
उनले कार्यकर्ता माझ एक अपील जारी गर्दै काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला महिला)मा उम्मेदवारी दिने बताएकी हुन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







