कांग्रेसको मनोनयन दर्ता शुरु, सभापतिको उम्मेदवारी शुल्क ३० हजार


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित




काठमाणडाैं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ ।


शनिबार विहान १० बजेदेखि मनोनयन दर्ता प्रक्रिया शुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यो प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने समितीले जनाएको छ ।


यही २७ गते विभिन्न कलस्टर अनुसार कार्यसमितिको चुनाव हुने कार्यतालिका यसअघिनै सार्वजनिक भइसकेको छ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।


यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । यस्तै उपसभापति र महामन्त्रीका लागि २५ २५ हजार , सहमहामन्त्रीका लागि २० हजार तोकिएको छ । यस्तै केन्द्रीय सदस्यले भने १० हजार तिर्नपर्ने भएको छ ।


यसअघि प्रदेश अधिवेशनमा गण्डकी प्रदेश सभापतिको उम्मेदवारका लागि ९१ हजार शुल्क तोकिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।