काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको हो ।
तीन महिनादेखि मुख्य प्रशिक्षक विहिन भएको नेपाली क्रिकेट टिमले नयाँ क्रिकेट प्रशिक्षक पाएको छ । गत सेपटेम्बरमा नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्ष डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली क्रिकेट टिम प्रशिक्षक बिहिन भएको थियो ।
यस अघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक भएर काम गरिसकेका पुबुदुको यो दोस्रो पटक नियुक्ति हो । त्यो समयमा पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी–२० विश्वकप खेलेको थियो ।
क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । ती मध्यबाट क्यानडाका पुबुदु दोस्रो पटक चयन भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







