नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान एक घण्टापछि सुरु हुने भएको छ।
बिहान ८ बजे सुरु हुने भनिएको मतदान एक घण्टा ढिलो हुने महाधिवेशन मिडिया सेन्टरले जनाएको हो।
मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसिसकेका छन्। मतदान साँझ ५ बजेसम्म हुनेछ।
मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। भृकुटीमण्डपमा छिर्ने दुवैतर्फका सडकहरुमा सुरक्षा कडा गरिएको छ। परिचयपत्र हेरेरमात्र मतदानस्थलमा प्रवेश दिइएको छ।
जसका लागि भृकुटीमण्डप ५ सय १४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३ सय बुथ निर्माण भएको छ।
गत शुक्रबारबाट भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा हिँजो (आइतबार) उम्मेदवारको अन्तिम नामालवी प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानको कार्यतालिका थियो।
सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन्। काँग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। भृकुटीमण्डपमा २ वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा ३ ठाउँमा मतदानस्थल निर्माण गरिएको छ।
प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि ५ जना, २ उपसभापतिका लागि ७ जना, २ महामन्त्रीका लागि ६ र ८ सह–महामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ।
पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भएपछि सभापति पदको मतगणना हुनेछ। पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत नकटाए दोस्रो चरणका निर्वाचनमा जानेछ। सभापतिका लागि ५ जना चुनावी मैदानमा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






