कांग्रेस महाधिवेशन: एक हजार ३६५ मत खस्यो


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित




काठमाडौ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा एक हजार ३६५ मत खसेको छ ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३:३० बजेसम्म एक हजार ३६५ मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थान ९प्रदर्शनी हल र प्राङ्गण०मा ८५२ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।