महिला सशक्तिकरणको नेतृत्व अनेमसङ्घले लिनुपर्छ : पोखरेल


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले महिला सशक्तिकरण नेतृत्व अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लिनुपर्ने बताएका छन् ।


अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘एमाले १०आँै राष्ट्रिय महाधिवेशनको सन्देश ः समावेशितासहित एक तिहाइ महिला सहभागिता’ विषयक कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचन हुने सम्भावना रहेकाले महिला सङ्घले सङ्गठन विस्तारलाई ध्यान दिनुपर्ने बताए ।

“हरेक घरमा महिला सङ्घ पुग्नुपर्दछ । महिलाका मुद्दामा महिला सङ्घभन्दा अरू छैन भन्ने अनूभूति हरेक महिलाले गर्नुपर्दछ,” उनले भने, “सदस्यता विस्तार र कमिटी निर्माणतिर लाग्नुपर्दछ ।” उहाँले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसभन्दा अघि नै सबै जनवर्गीय सङ्गठनको फागुन मसान्तभित्र महाधिवेशन सक्न निर्देशन दिएको बताए ।


महासचिव पोखरेलले समाजका सबै तहमा महिलालाई योग्य बनाउने सके मात्रै अनेमसङ्घको सान्दर्भिकता र सार्थकता पुष्टि हुने बताए । आर्थिक क्रियाकलापमा सहभागिमा न्यून रहेको भन्दै उहाँले उत्पादनमा सहभागिता, सम्पत्ति आम्दानी बनाउने जस्ता क्रियाकलापमा सहभागी गराउनुपर्ने उनले बताए ।सामाजिक आन्दोलनले समाजलाई बदल्ने सक्ने उनको भनाइ थियो ।


निर्वाहमुखी कृषि, व्यापारजस्ता पछौटेपनले समाजवादको आधार तयार गर्न नसक्ने भनाइ राखे ।


कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलनलाई थप सशक्तिकरण गर्नुपर्ने धारणा राखिन् । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा दुई पदाधिकारीसहित ११७ जना महिला केन्द्रीय कमिटीमा निर्वाचित भएका छन् ।


उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका हुन् । एमाले पोलिटब्यूरो सदस्य सुजिता शाक्यका अनुसार ६ जना स्थायी कमिटी सदस्य र १८ पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका छन् । स्थायी कमिटीमा उपाध्यक्ष शाक्य, सचिव अर्यालसहित डा शिवमाया तुम्बाहाम्फे, थममाथा थापा, सीता पौडेल र विन्दा पाण्डे रहेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।