कांग्रेस महाधिवेशन अपडेट : मतदानको समय फेरि डेढ घण्टा थप


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित




काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदान गर्ने समय केन्द्रीय निर्वाचन समितिले फेरि डेढ घण्टा बढाएको छ ।


केन्द्रीय निर्वाचन समितिले यसअघि राती ९ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेकोमा मतदानमा ढिला भएपछि समितिले फेरि डेढ घण्टा बढाएर राति साढे १० बजेसम्मको समय थप गरेको हो ।


समितिले यसअघि साँझ ५ बजेसम्म मतदानको समय सार्वजनिक गरेपनि सो समय पर्याप्त नभएको भन्दै ४ घण्टा समयावधी बढाएर राती ९ बजेसम्म मतदानको समय तोकेको थियो ।


विहान ८ बजेबाट मतदान हुने भनिएको भए पनि मतपत्र छपाईमा ढिला भएका कारण करिब १२ बजेबाटमात्रै मतदान सुरू भएको थियो ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान भइरहेको छ ।

नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिका लागि ४३ सयभन्दा बढीले मतदान गरिसकेका छन् ।


कांग्रेसको सभापतिकालागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

यो महाधिवेशनले १३ पदाधिकारीसहित १३४ पदमा नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।