नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुरुवाती मतगणनामा सभापति देउवाले अग्रता लिएका छन्।
२५० मत गणना गर्दा देउवाले १३२ मतसहित देउवा अगाडी छन्।
त्यस्तै, सेखर कोइरालाले ८१ मत ल्याउँदा प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङ १ मत प्राप्त गरेका छन्।
राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको हो। नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो।
काँग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ। ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ। नभए धेरै मत ल्याउने २ उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






