नेपाली काँग्रेसको महाधिवेशनः देउवालाई पनि बहुमतका लागि सकस


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत मत गणना जारी छ।

हालसम्म ४२ सय ७६ मत गणना भइसकेको छ। जसमध्ये शेरबहादुर देउवाको २०४६, शेखर कोइरालाको १६१५, प्रकाशमान सिंहको ३३५, विमलेन्द्र निधिको २३८ छ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ । पहिलो चरणमा बहुमतका लागि देउवालाई पनि सकस देखिएको छ। दोस्रो चरणको पुनः मतदान गर्नुपर्ने संभावना बढेर गएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।