साङ्केतिक तस्विर
स्याङ्जा । स्याङ्जामा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
वालिङ –८ को केदारनाथ मन्दिर नजिकै मंगलबार बिहान लु ४ त ९१६० नम्वरको ट्याक्टरका कामदार २७ वर्षिय विशाल केसीको खसेर मृत्यु भएको हो ।
भकुण्डेबाट वालिङतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेका वालिङ–८ क्याम्पस रोडका केसीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







