नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घको सातै प्रदेशमा कमिटी गठन


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घले सातै प्रदेशमा कमिटी गठन गरेको छ ।

पार्टीको जनवर्गीय सङ्गठनका रूपमा हालै स्थापना भएको सङ्घले प्रादेशिक कमिटी गठन गरेको हो । जिल्ला तह, स्थानीय तह, वडा तहसम्म कमिटी विस्तार गर्ने क्रममा रहेको सङ्घका प्रचार विभाग प्रमुख राममाया(चमिना) भट्टराईले जानकारी दिए ।

महिला हिंसा न्यूनीकरण गर्न सबै प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको सङ्घले महिला हिंसाविरुद्ध १६ दिने कार्यक्रममा समेत देशैभर जनचेतनामूलक अभियान सञ्चालन गरी सामाजिक एकता अभिवृद्धि गरेको थियो । ग्रामीण क्षेत्रमा राजनीतिकरूपमा महिला हक, हित तथा अधिकारका विषयलाई प्रवद्र्धन गरी महिला उद्यमशीलताका माध्यमबाट उनीहरुको जीवनस्तरमा सुधारका साथै आर्थिक सशक्तीकरणमा भूमिका निर्वाह गर्ने कार्य योजना सङ्घले बनाएको छ ।

पार्टीका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रमसमेत गर्दै आएको सङ्घले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।