शेरबहादुर देउवा नै नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन्।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमार्फत पाँचौंपटक प्रधानमन्त्री बनेका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित भए।
पहिलो मतदानमा बहुमत ल्याउन नसकेका देउवाले दोस्रो मतदानमा २७३३ मत ल्याए। कूल ४६ सय २३ मत खसेकोमा कोइरालाले १८५५ पाए । ३५ मत बदर भएको थियो। तर, निर्वाचन समितिले देउवा बिजयी भएको सूचनासमेत जारी गरिसकेको छ।
शुक्रबारदेखि काठमाडौंमा जारी काँग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो।
यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए। तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो।
१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।
पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका थिए। पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो।
महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन्…







