काँग्रेस महाधिवेशन : आजबाट पदाधिकारीको मतगणना


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित




नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा आज (बुधबार)बाट पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुनेछ।

काँग्रेस निर्वाचन समितिले आज साँझबाट मतगणना हुने जानकारी दिएको छ।

पदाधिकारीको मतपेटिका काँग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो।

सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भइ सकेका छन्। उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन्। पहिलो चरणको निर्वाचनमा ५ जनामध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो।

सभापतिको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन समितिलई अन्य पदाधिकारीको मतगणनाको बाटो खुलेको हो।

१४ पदाधिकारीमा सभापतिबाहेक उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो। काँग्रेस महाधिवेशन गत शुक्रबारबाट सुरु भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।